वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा नगरकोटको मिस्टिक माउण्टेनले शनिबार ‘सांगीतिक साँझ’ गर्दै

शुक्रबार, माघ १९, २०८०

भक्तपुर । वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन...‘म त दुरदेखि आँए, तिम्रो नाम बोकेर, सम्वोधन गर्दा गर्दै गई गयो छोडेर..’
अनि गाउने छन..‘कति कमजोर रहेछ मेरो भाग्य, तिम्रो सिँउदो कोर्न सकिन’ ..त्यसैगरी ‘हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा शायद पहिरो गयो कि ?’ यस्तै यस्तै सुमधुर गीत संगीतले शनिबारको साँझ नगरकोटको डाँडा गुञ्जायमान हुनेछ । प्रमुख पर्यटकीय स्थल नगरकोटको इतिहासमै पहिलोपटक चारतारे स्तरको होटेल मिस्टिक माउण्टेनले तिनै चर्चित वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा ‘दिप श्रेष्ठ सम्मान र सांगीतिक साँझ’ आयोजना गर्न लागेको छ । जहाँ उनले आफ्ना चर्चित गीतहरू स्रोतासामु पस्कने छन् । 

hotel-mystic-mountain-1706874404.jpg

नेपाली गीत संगीत र चर्चित गायकहरूलाई बेलैमा सम्मान गर्नु पर्यटन र होटेल व्यवसायीको पनि दायित्व भएकोले होटेल मिस्टिक माउण्टेनले नगरकोटको इतिहासमै पहिलोपल्ट यस्तो कार्यक्रम आयोजना गर्न लागेको होटेलकी बजार तथा बिक्री प्रबन्धक अमिता श्रेष्ठले जानकारी दिइन् । 
‘हामीले कसैसँग स्पोन्सर नमागी आफ्ना नियमित र नयाँ ग्राहकहरूलाई एउटा प्याकेज बनाएर यो कार्यक्रम गरेका हौं’, श्रेष्ठले भनिन् । 
भोलि आयोजना हुन लागेको ‘दिप श्रेष्ठ सम्मान र सांगीतिक साँझ’को लागि होटेलका ७२ कोठामध्ये ५० वटा कोठा बुकिङ्ग गरिसकेको छ । बाँकी कोठाहरू पनि आज शुक्रबार बुकिङ्ग हुने उनले बताइन् । 
होटेलमा रात बिताउन नचाहने संगीत प्रेमीहरूका लागि पनि नास्ता र रातको खानासहितको छुट्टै प्याकेजको व्यवस्था गरिएको छ । 

Mystic-main-photo-1706874403.jpg

सांगीतिक साँझको टिकट बिक्रीबाट उठेको रकममा केही रकम थपेर वरिष्ठ गायक दीप श्रेष्ठ र उनको सांगीतिक समूहलाई प्रदान गरिने होटेल व्यवस्थापनले जनाएको छ । यसका लागि सम्पूर्ण खर्च होटेल व्यवस्थापन आफैंले गरेको छ भने अन्य कुनै प्रायोजकहरूसँग कार्यक्रमको स्पोन्सर गर्न लगाएको छैन ।
नेपालका चर्चित गायक तथा कलाकारहरूलाई अन्य पर्यटकीयस्थल र तीसँग सम्वन्धित व्यवसायीहरूले पनि भविष्यमा सम्मान गर्न सुरु गरुन् भनेर नगरकोटमा पहिलोपल्ट यस्तो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको होटेल वयवस्थापनको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार