भान्से विरामी परेपछि ‘चौरासी व्यञ्जन’ नै अलपत्र...

आइतबार, मंसिर १७, २०८०

काठमाडौ । नेपालका विभिन्न जातजाति, धर्म,परम्परा र संस्कृति र ठाउँ अनुसार दैनिक रुपमा उपभोग हुँदै आएका र लोप हुन लागेका मौलिक रैथाने खानाको खोज, त्यसको प्रर्वद्धन र संरक्षण गर्दै आएका अभियन्ता एवम् भान्से (सेफ) प्रेमलाल घिसिङ्ग तामाङ्ग यतिखेर पेटको क्यान्सरले थलिएका छन् । 
असोजको पहिलो सातादेखि विरामी परेका उनको स्वास्थ्य परिक्षण गर्दा पेटको क्यान्सर देखिएपछि अहिले उनी मेडिकेयर अस्पताल चावहिलमा क्यान्सरको उपचार गराईराखेका छन् ।

befor compition1701606963.jpg
गत साउन १५ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै असोज २६ गते काठमाण्डौमा भव्य कार्यक्रमका साथ नेपाली मौलिक खाना सम्वन्धि प्रतियोगिता “चौरासी व्यञ्जन सम्मान—२०२३” आयोजना गर्न तम्सिएका एकाएक ओच्छ्यान पर्दा नेपाली मौलिक खाना चिनाउने चौरासी व्यञ्जनअलपत्र परेर त्यसै रोकिन पुग्यो । उनी ‘चौरासी व्यञ्जन समूह’ का अध्यक्ष हुन् । 
परम्परागत नेपाली मौलिक र रैथाने खानालाई प्रोत्साहन र प्रवद्र्धन गराउने र अतिथि सत्कारको क्षेत्रमा काम गर्दै आएकाहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको थियो । 

Birami prem1701606986.jpg
मौलिक रैथाने नेपाली खानाको प्रवद्र्धनगर्ने होटल, मोटेल, रेष्टुरेण्ट, होम स्टे लगायतका व्यवसायमा संलग्नहरुको साथैत्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शेफ, तालीम केन्द्र र कलेजहरुलार्ई ‘चौरासी व्यञ्जन सम्मान—२०२३’प्रदान गर्नेगरि उनले सो प्रतियोेगिताको आयोजनागर्न लागेका थिए । 
विगत २५ वर्षभन्दा बढी समय अतिथि सत्कार व्यवसायमा संलग्न शेफहरुको साझा संस्था ‘चौरासी व्यञ्जन समूह’ले गत असोज २६ गते राजधानीमा विभिन्न १४ वटा विधामा सो सम्मान प्रदान गर्ने तयारी गरेको थियो । 
समूहका अध्यक्ष प्रेमलाल घिसिङ्गले होम स्टे, उदीयमान शेफ, वरिष्ठ सेफ, हिरो सेफ, महिला शेफ लगायत विभिन्न १४ वटा विधामा सम्मान प्रदान गरिने बताएका थिए भने त्यसको लागि मनोनयनको कार्य विभिन्न शुरु गरिसकेका पनि थिए ।बिसलाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको सो प्रतियेगिताका विजयीहरुलाईसम्मानस्वरुप ‘तामाको ओखल’पुरस्कार दिइने तयारी थियो । 

Chef Prem main photo1701607050.jpg
तिनै क्रियाशिल अभियन्ता र भान्से अर्थात शेफ तामाङ्ग अहिले क्यान्सरको उपचारको लागि दाताहरुसंग सहयोगको याचना गरिराखेका छन् । नेपाली मौलिक खानेकुरा जोगाउन लागेका उनलाई अहिलेसम्म सरकारको तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन । बरु उनले खाना पकाउन सिकाएर देश विदेशका विभिन्न होटेलहरुमा कार्यरत विद्यार्थीहरुले आफ्नो हैसियत अनुसारको आर्थिक सहयोग गरिरहेका छन् ।
उनको उपचारको लागि करीव ३० लाख रुपैँया लाग्ने र सहयोगी दाताहरुबाट अहिलेसम्म करीव पाँच लाख रुपैयाँ जम्मा भएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार