आर्थिक क्रान्ति सम्भव छ : अर्थमन्त्री महत 

सोमबार, भदौ २५, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए । 
‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ । आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगी भूमिका ,सहजकर्ताको भूमिका र प्रतिश्पर्धा सुनिश्चिता सरकारले गर्छ ।’
शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाई छ । उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार