जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौं : गृहमन्त्री

सोमबार, भदौ २५, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।  ललितपुरमा सोमबार ज्यापु समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले, जाति  र भाषाको नाममा समुदायबीच द्वन्द उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीहरुबीचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताए । 
उनले भने, ‘जातीय भाषिक समुदायको बीच धार्मिक समुदायको बीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अन्जानमा त्यस्तो काममा सामेल हुनुभएको छ । उहाँहरुले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला । जसले नियोजित ढङ्गले यस्तो काम गरेको छ । नेपालीहरुबीच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुन दिने छैनौं कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं ।’

Building1694422625.jpg
उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे । आफ्नो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरी वास्तविक अर्थको विकास र सभ्य समाजको निर्माण हुन नसक्ने उनको भनाई छ । 
उनले भने, ‘हामीले बुझ्नुपर्छ हाम्रो समाजलाई आधुनिकीकरण गर्ने भनेको ,सभ्य समाज बनाउने भनेको, विकसित समाज बनाउने भनेको आफ्नो परम्परा र संस्कृतिलाई बिर्सने होइन् । हाम्रो आफ्नो पहिचान छ । लोक संस्कृति छ । त्यो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरीकन वास्तविक अर्थको विकास ,सभ्य समाजको निर्माण हुन सक्दैन ।’

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार