१४ नं वडाको तिज विशेष दर कार्यक्रम भव्य रुपमा सम्पन्न(भिडियाे)

सोमबार, भदौ २५, २०८०

ललितपुर । ललितपुर महानगरपालिका १४ नं. वडाले आयोजना गरेको विशेष दर कार्यक्रममा उल्लेख्य मात्रामा महिलाहरू उपस्थित भए ।  महानगर १४ नं वडा कार्यालय अन्ततर्गको वडा स्तरिय महिला सञ्जालले विशेष दर कार्यक्रम आयोजना गरेको हो ।  तिज विशेष दर कार्यक्रममा वडा भित्र क्रियाशील महिला समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  वडा.नं १४ का वडाअध्यक्ष अमृतजंग महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाका जनप्रतिति तथा कर्मचारीसहित वडा भित्र क्रियाशील महिला समूहका प्रतिनिधिहरू सहभागी भएका थिए । तिज विशेष दर कार्यक्रममा महिलाले गीतमा नाचगान गरी रमाइलो गरेका थिए ।  
उक्त कार्यक्रममा वडा.नं १४ का वडाअध्यक्ष अमृतजंग महत, वडासदस्य तथा वडा स्तरिय महिला सञ्जाल संयोजक सहनशिला कार्की तथा अर्का वडासदस्य कुवर केसी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा महिलाका पक्षमा वडाले गर्न लागेको काम र वडाको भावी योजना बारे चर्चा गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष अमृतजंग महतले महिलालाई लक्षित गरी वडाले धेरै कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
तिज महिलाहरुको लागि विशेष हुने र यो पर्व परापूर्व काल देखि चल्दै आएको भन्दै वडासदस्य तथा वडा स्तरिय महिला सञ्जालकी संयोजक कार्कीले यो महान पर्वलाई भब्य र सब्य रुपमा मनाउनु पर्ने कुरा स्पष्ट पार्नुभयो । कार्यक्रममा वडाको भूमिका यस्ता कार्यक्रमको निरन्तरता सहित महिलाका विषयमा वडाले संवेदनशील भएर कार्यक्रम सञ्चालन गर्दै आएको वडा सदस्य कुवेर केसीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार