भोलि म्यानमारसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्ने

सोमबार, भदौ २५, २०८०

काठमाडौं ।  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ ।  विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार