कोशीमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ : प्रदिप ज्ञवाली  

आइतबार, भदौ २४, २०८०

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझाव दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उनले कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए ।  प्रदेशमा निषेधको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै उनले कांग्रेसलाई सरकार निर्माणमा मनाउने प्रयत्न गर्ने बताए ।   उनले भने, ‘त्यहाँ (कोशी) मा जुन ढंगको शक्ति सन्तुलनको अवस्था छ । निषेध गरेर  जाने खालको बाटोमा नजाउ । उहाँहरुले निषेध गर्न कोसिस गर्नुभयो, संविधान मिच्ने कामहरु भए त्यसको परिणाम आजपनि हामीले भोगिरहेका छौ । अबपनि त्यहि बाटोमा जाने हो भने यात प्रदेशप्रतिको वितृष्णा एकदमै बढेर जान्छ यात त्यसको समाधानका निम्ति नयाँ चुनावमा जानुपर्ने हुन्छ । दुवै कुरा अहिले हाम्रो प्राथमिकतामा छैनन् ।’  उनले मध्यावधि निर्वाचनमा जाने रुचि एमालेको नभएको र प्रदेशप्रति नागरिकको वितृष्णा बढोस् भन्ने पनि नचाहेको स्पष्ट पार्दै प्रदेशमा सरकार निर्माणको लागि नेपाली कांग्रेसको साथ माग्ने बताए । उनले प्रदेशको हित र संविधानको रक्षार्थ कोशीमा एमालेलाई कांग्रेसले जिम्मेवार रुपमा साथ दिनुपर्ने धारणा राखे ।  ‘मध्यावधिमा जाने पनि हाम्रो रुचि छैन र प्रदेशप्रति नै वितृष्णा बढोस भन्ने पनि हामी चाहँदैनौ । त्यसैले नेपाली कांग्रेसले एउटा जिम्मेवार भूमिका खेलोस् भन्ने हाम्रो प्रयास हुने छ । हामी उहाँहरुसँग सम्वादमा छौं’, ज्ञवालीले भने । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार