दलहरुबीच सहकार्य र एकता आवश्यक  : अध्यक्ष लिङदेन 

आइतबार, भदौ २४, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरु सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए । 
‘देशलाई यो भन्दाबढी बर्वाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरू बीच एकता र सहकार्य आवश्यक छ । यसका लागि ढिला गर्नु हुँदैन्’, उनले भने । 
राजा, राजनीतिक दल र जनताहरू मिलेर नयाँ व्यवस्था निमार्ण गर्न ढिला गर्न नहुने उनको तर्क छ । 
उनले बीपीको विशेष मेलमिलाप नीतिलाई पछ्याउँदै त्यसलाई राजनीतिक सन्दर्भमा उपयोग गर्न ढिला गर्न नहुने बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार