वीपीले देखाएको बाटोमा कांग्रेस प्रतिबद्ध छ  : कांग्रेस सभापति देउवा

आइतबार, भदौ २४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् । आइतबार पूर्वप्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं साहित्यकार वीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा तीनदिने वीपी साहित्य महोत्सवको उद्घाटन गर्दै उनले बीपी कोइराला विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको स्मरण गरे ।  कांग्रेस वीपीले देखाएको राजनीतिक बाटोबाट विचलित नहुने उनको भनाई छ । 
उनले भने,‘वीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ ।’ 
उनले वीपीको राजनीतिक रुपमा मात्रै नभई साहित्यकारको रुपमा पनि देशलाई अमूल्य योगदान गरेको बताए ।  सभापति देउवाले वीपीले लेखेका कथा पनि सत्य घटनामा आधारित र साहित्य  समाज र वरपर भएका घटनाहरू नै हुने गरेको स्मरण गरे । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार