आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आइतबार, भदौ २४, २०८०

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही  बागमती,गण्डकी, कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका थोरै  स्थानहरुमा हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

हाल मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक प्रभाव रहेको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया मौसम बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरुमा आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन÷चट्याङ्ग सहित  हल्का  देखि  मध्यम वर्षाको  सम्भावना  रहेको  छ ।साथै सुदूरपश्चिम प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  विभागले उल्लेख गरेको छ ।

आइतबार राती देशभरको मौसम आंशिक  देखि  सामान्य  बदली  रहनेछ ।  लुम्बिनी,  गण्डकी र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान  तथा  बाँकी  प्रदेशका थोरै  स्थानमा हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । आज राती लुम्बिनी र सुदूर–पश्चिम  प्रदेशको  एक–दुई–स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  विभागले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार