कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्क्रमितको उपचार नगर्दा  जङ्गल छेउको टहरामा बिरामी

शुक्रबार, वैशाख २४, २०७८

खलंगा । जुम्लाको सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमितलाई जङ्गल छेउको पालमा राखिएको छ । अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने सङ्क्रमितलाई बस्ने ठाउँ नहुँदा जङ्गल छेउ टहरा बनाएर राखिएको छ ।   सिंजा गाउँपालिका–२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् ।  घरमा छुट्टै बस्ने संरचना नभएपछि उनी जंगल छेउमा पाल बनाएर बसेका हुन् । तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ पु¥याएको थियो । अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उनले गुनासो गरे ।  अस्पतालको श्ययामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय ग¥यो । अस्पतालको व्यवहारले आफू अपहेलित भएको महसुस गरेको उनले बताए । उनी भन्छन्, ‘प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा बस्न भनेर फर्कादिए ।’  प्रतिष्ठान आएको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उनले कोरोना सङ्क्रमितलाई आइशोलेसन राख्न पहल गरिदिन अनुरोध गरेका छन् ।  सिंजा–२ का वडाध्यक्ष नविन शर्माले भने, ‘हामीले कोरोनाको शंका लागेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ ।  बिरामी फिर्ता पठाइदिएपछि हामीलाई अप्ठ्यारो भएको छ ।’ उनले गाउँमा आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताए । गाउँपालिकामा  पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले जानकारी दिए । उनले भने, ‘सङ्क्रमित व्यक्ति राख्ने भन्ने हाम्रो सोच हो ।  पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले यो समस्या आएको हो ।’ बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधि पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा.राजिव शाहका अनुसार प्रतिष्ठानले जटिल प्रकारको श्वासप्रश्वासका बिरामी मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको बताए दिए । उनले भने, ‘लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका बिरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक छ ।’
अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेकोे छ । सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो  । आयोगको अनुगमन टोलीले पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको छ । 
आयोग अधिकृत धनराज शाही र किरण बरामसहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसँग बुझेको छ ।  आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरू संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।
अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताए । अधिकृत  शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताए । 
सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिए । गत वर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ ।
हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रूपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार