चापागाउँको प्याङगाउँमा निःशुल्क आमश उपचार शिविर

बिहीबार, चैत १६, २०७९

ललितपुर । गोदावरी नगरपालिका वडा नम्बर ११ मा रहेको प्राचिन वस्ती प्याङगाउँमा सात दिने निःशुल्क आमश उपचार शिविर चलिरहेको छ । स्वर्गिक मार्ग संघ नारी नेपाल उपत्यका शाखाको आयोजनामा चैत ११ गतेदेखि चलिरहेको निशुल्क उपचार शिविरमा बुधबार मध्यान्नसम्म ८ सय भन्दा बढीले सेवा लिएको शिविर सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष चरसुन्दर मर्हजनले जानकारी दिए । आत्म, मन र शरीरलाई नै समेट्ने गरी यो उपचार विधि गरिने सेमिङ गुरु नेपालले बताए । उनका अनुसार हेभेन्ली निर्वाना पाथ अनुसार यो उपचार पद्धती चल्छ ।

338704863_607946094694049_733249610918147514_n1680186608.jpgआफूसँगका भएका शक्तिलाई  मेरिटेसनका माध्यमद्धारा हिलरको साधनाबाट एकत्रित गर्दै बिरामीको शरीरमा स्पर्श गरेर यो उपचार गरिने उनले बताए । अहिलेको समाजमा हरेक ब्यक्ति एउटा न एउटा स्वास्थ्य समस्याबाट ग्रसित रहेको छ । औडा शक्तिबाट बिरामीको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सकिन्छ, हत्केला र औलाबाट शक्ति जाने गर्छ , उनले भने, कुनै धर्म विशेष नभए पनि प्रेमवादको दर्शन अनुसार सबैको उद्देश्य शान्ति हो ।
 प्याङगाउँको सामुदायिक भवनमा चलिरहेको शिविरमा प्यारालाइसिस, ग्याष्ट्रिक, गानोगोला, माइग्रेन, उच्च रक्तचाप, सुगर, पिनास, खाना नपच्ने, युरिक एसिड, हातगोडा दुख्नेलगायतका स्वास्थ्य समस्याको उपचार भइरहेको गोदावरी नगरपालिका नेपाल रेडक्रस सोसाईटी चापागाउँका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

338561143_167213666203418_206428925796412566_n1680186606.jpg
यो शिविरलाई प्याङगाउँ युवा समूह , प्याङगाउँ महिला समूह, महादेव युवा क्लब, प्याङगाउँ संस्कृति संरक्षण युवा समाज, कालेश्वर बासुरी खलले साथ दिएका छन् । उपचार सेवा दिन भारत पश्चिम बंगालबाट आएका शंकर मुखीयाले पन्च तत्वलाई प्रयोग गरेर गरिने आमश उपचार पद्धतीले शरीर भित्र रहेको इम्युनिटी सिस्टमका सेलहरुलाई बचाएर राख्न सघाउ पु¥याउने बताए । उनका नुसार यसले ब्याक्टेरिया र आइरसलाई मारेर इम्युनिटी पाओर बढाउँछ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार