ललितपुर । महाँकाल पूर्व विद्यार्थी एसएलसी २०५८ ब्याच गोटिखेलका विद्यार्थीहरुले विद्यालयका पूर्वप्रधानाध्यापक गोविन्दप्रसाद पराजुली, पूर्वशिक्षक गंगाराम मण्डल, पूर्वशिक्षक अर्जुनकुमार खरेल , शिक्षक ठाकुर तिमल्सिना र रामहरि दुलाललाई सम्मान गरेका छन् । महाँकाल पूर्व विद्यार्थी एसएलसी २०५८ ब्याच गोटिखेलका विद्यार्थीहरुको वृहत भेटघाट शिक्षक सम्मान, वनभोज कार्यक्रम तथा पुर्नमिलन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानाध्यापक गोविन्द्रप्रसाद पराजुलीले
०५८ का ब्याचका विद्यार्थीले नयाँ र विशेष खालको कार्यक्रम राखेर २० वर्षपछि विद्यालयसँग पुनर्मिलन गराएकोमा धन्यवाद दिए ।

उनले भने, ‘हामी शिक्षकले पाउने भनेको विद्यार्थीको सम्मान तथा तपाईहरुको प्रगती तथा उपलब्धिमा खुसी हुने हो ।’
मैले मेरो सेवा अवधि भरी घरपरिवार लाई चटक्कै छाडेर विद्यालयलाई माया गरेको स्मरण गर्दै भने, ‘एक पटक आमा बिरामी हुँदा अर्को व्यक्तिलाई हेर्न लगाएर विद्यालयको काम गरेको थिए ।’
विद्यालयमा गुणस्तरीय शिक्षा दिन तथा विद्यार्थीलाई अनुशासीत बनाउन व्यवस्थापन समिति र प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने धारणा उनले राखे ।
उनले कक्षा ११ सञ्चालन गर्दा बाहिर स्कुलको शिक्षकलाई बढी तलब तथा आफले कम तलब स्केल लिएर सञ्चालन गरेको अनुभव सुनाएका थिए । ‘अहिले तपाईहरु मध्ये कोही निजी स्कुलका सञ्चालक, निजामती कर्मचारी, सरकारी शिक्षक, राजनीतिककर्मी, सहकारीकर्मी तथा व्यावसायी हुनुहुन्छ’ उनले भने, ‘आफ्ना विद्याथीलाई छिट्टै लाभ लिन्छु तथा नागरिकलाई दुःख दिने काम गर्नु हुँदैन ।’

पूर्व शिक्षक गंगाराम मण्डलले महाँकालमा २१ वर्ष सेवा गरेको स्मरण गर्दे आफूले पढाएका विद्यार्थीहरू देशका उच्च पदमा पुगेकोमा आफूलाई गर्व लागेको बताए ।
ठाकुर तिमल्सिनाले २० वर्ष पछि भेट्दा आफैले पढाएको विद्यार्थीहरु चिन्न पनि कठिन भएको धारण राखेका थिए । आजको कार्यक्रमले हामीलाई नजिक बनाएको छ उनले भने ।

पूर्व शिक्षक अर्जुन कुमार खरेलले ९ वर्ष महाँकालमा शिक्षण गरेको अनुभव सुनाउँदै भन्नुभयो, ‘म भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा नजिक छु ।’
शिक्षक रामहरि दुलालले शिक्षण पेशा कला र विज्ञान भएको धारणा राखे । कार्यक्रमका सभाध्यक्ष श्यामसुन्दर दुलालले वनभोज तथा भेटघाट कार्यक्रमा सहभागी हुने शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिँदै आगामी दिनमा भेटघाटलाई निरन्तरता दिइने बताए ।



