छोरी भएकोमा गर्व गर्न कलाकार मदनकृष्ण श्रेष्ठको सुझाव

बुधबार, फागुन २४, २०७९

ललितपुर । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरु छोरी भएर जन्मेकामा महिलाहरुले गर्व महसुस गर्नुपर्ने बताएका छन् ।  सफल महिला समूहले  ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस’ को अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले छोरी मानिसमा करुणाका साथै दया र मायाको खानी हुने चर्चा गरे ।

332686283_145476395091158_4064579843849676850_n1678286482.jpgउनले भने, “छोरी भनेका हरेक घरका प्रकाश हुन । सबल मुलुक निर्माणमा छोरीको भूमिका असधै महत्वपूर्ण रहेको छ । छोरीले छोराले नगरेका काम गरेर देखाएका छन् ।” हरेक मानिसको आमा पनि एक छोरी भएरै आमा भएकी मत राख्दै उनले भगवान पछिको दोस्रो भगवान आमा हुने भएकाले छोरीको दर्जा सदैव उच्च रहने जिकीर गरे ।
छोरीले मुलुकका विभिन्न क्षेत्रमा थप नेतृत्वदायि भूमिका निर्वाह गर्न छोरा सरह कठोर भएर अघि बढ्नुपर्ने सुझाव श्रेष्ठले दिएका छन् । काठमाडौं उपत्यकाको रक्षा अष्ट मातृका देवीले गरिरहेका भनाई राख्दै उनले छोरीको भूमिकामा देवीले नेपालको समेत सुरक्षा गरिरहेका विचार व्यक्त गरे ।

332850578_142037491834494_5857643787186889240_n1678286482.jpg
विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्न सफल महिला पत्रकार कल्पना महर्जनको प्रशंसा गर्दै कलाकार श्रेष्ठले छोरी मानिसले चाहे जुनसुकै कामपनि पत्ते गर्न सक्ने उदाहरण समेत समस्त नारी माझ दिए ।
आरोही महर्जनले म पनि छोरा सरह बलवान छु भन्ने भावना लिएर आफू सगरमाथा आरोहण गर्न सफल भएको मत व्यक्त गर्दै हरेक नारीले आफूलाई बलवान सम्झनुपर्ने हिम्मतको कुरा राखिन् । उनले भनिन्, “छोरा र छोरीमा केही पनि चिजको अन्तर छैन । मात्रै मानिसको भावना र सोचमा फरक पाइएको हो । हामी छोरीहरुले आजको युगमा यस्ता सोच त्यागेर अघि बढेमा जिम्मेवार भूमिकामा रहन पाउनेछौँ । ” सन् २०१९ मा आफूले सगरमाथाको शिखरबाट ‘शिक्षाकोे माध्यमले समाजमा व्याप्त रहेको बालबिवाहको रोकथाम गर्ने’  उद्घोष गरेअनुरुप मुलुकका चार जिल्लामा काम गरिरहेको महर्जनले जानकारी गराइन् ।

334440849_161867790014959_4776780647648531687_n1678286473.jpg
समूहकी निवर्तमान अध्यक्ष कविता खड्काले महिलाको शत्रु भनेकै महिला भित्र रहेको सोच तथा विचार रहेको भनाइ राख्दै अबको युगमा भय रहित अवस्थामा अघि बढ्दै आफ्नो लक्ष्य पुरा गर्न ध्यान दिनुपर्ने जिकीर गरिन् ।
समूहकी अध्यक्ष सुनिता खड्काले आफूहरुले समूह मार्फत पिछडिएका महिला र बालबालिकाका लागि काम गर्ने उद्धेश्यका साथ संस्था गठन गरी अघि बढिरहेको औँल्याए ।
यो समूहले आज ८ मार्च अर्थात अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारी ललितपुरको कर्णालीका रुपमा चिनिने दक्षिण ललितपुरका मानिसका जनजीवन बुझ्नाका साथै पर्यटन विकास गर्ने ध्ययेका साथ पैदल यात्राको सुरुवात गरेको छ । पैदल यात्रा अर्थात हाइकिङ्गमा लगभग २५ देखि ३० मानिसले सहभागिता जनाएका थिए । कार्यक्रममा कलाकार यमन श्रेष्ठ लगायतका व्यक्तिको पनि उपस्थिति रहेको थियो ।

332145699_1292210688395189_4665651138285829666_n1678286473.jpg

 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार