ललितपुर । साहित्य र पर्यटन प्रर्वद्धनमा हाम्रो अभियानसहित माहाँकाल–बेथानचोक नारायणस्थान पर्यटकीय साहित्य यात्रा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा साहित्य सदन ललितपुरको आयोजना र महाँकाल गाउँपालकाको आर्थिक सहयोग तथा बेथानचोक काभ्रेको सहकार्यमा शनिवार साहित्यिक कार्यक्रम सकिएको हो ।
साहित्यिक कार्यक्रकका लागि ३ हजार १८ मिटर उचाइमा रहेको नारायणस्थान मन्दिर परिसरमा ललितपुर र काभे्र जिल्लाबाट आएका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।

यात्रामा माहाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत धिरज मरासैनी, वडा नं. १ बुखेलका अध्यक्ष रामप्रसाद घिमिरे, वडा नं.२ मानिखेलका अध्यक्ष ज्योनी न्यासुर वडा नं ३ गोटिखेलका अध्यक्ष मनोज पराजुली वडा नं.४ कालेश्वरका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, वडा नं. ५ का अध्यक्ष भुमिनन्द घिमिरे तथा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडा नं १ च्यामरङबेंसीका अध्यक्ष मधुसुधन तिमल्सिना वडा नं २ ढुंर्खकका पुरुषोतम तिमल्सिना, वडा नं. ३ ढुंर्खकका कुबेर ढकाल र वडा नं ५ च्यासिङखर्कका राजकुमार वाइवासहित पालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

माहाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बनेपा हेटौँडा राजमार्ग निमार्ण गर्न वागमती प्रदेशका मुख्यमन्त्री तथा भौतिकमन्त्रीसँग बेथानचोक, माहाँकाल, वागमती र मकवानपुरको वागमती गाउँपलिका प्रमुख र उपप्रमुख सहितको टोलीले सरकारको ध्यानाकर्षण गराएको बताउँदै बाटोको डिपिआर छिटै बनेर काम सुरु हुने बताउँदै छिमेकी पालिकाबीच सहकार्य गरेर सबै पालिकाका जनतालाई सेवा दिने धारणा राखे ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले माहाँकाल पालिकासँग कृषि, पर्यटन, यातायात शिक्षा, स्वास्थ्य, साहित्य, कला, धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा सहकार्य गरेर नागरिकको आर्थिक विकास गर्ने बताए । उनले भने, हाम्रो पहिलो चरणमा साहित्य मार्फत भयो अब हामी पूर्वाधार निर्माण सहित अगाडि बढ्छा्रैँ ।
सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले सहयोग र सहकार्य गर्नुहुने पालिका प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी चैत्र २४ र २५ गते सदनको आयोजनामा साहित्यीक महोत्सव गर्ने बताए ।
उनले महोत्सवले देशैभरका साहित्यकालाई जोड्ने जानकारी दिए । कार्यक्रममा साहित्यकार गोपाल संजेल, रामेश गौतम, रत्न बिरही घिमिरे, जयराम दहाल, रमेश घिमिरे, पुनम घिमिरेलगायतले रचना वाचन गरेका थिए ।