Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुरको अध्यक्षमा मिठाराम सर्वसम्मत

कार्यसमितिको चौथो वार्षिक साधारण सभाले २७ सदस्यीय कार्यसमिति चयन  
शनिबार, पुस १६, २०७९

ललितपुर । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुर जिल्ला कार्यसमितिको चौथो वार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  शुक्रबार सम्पन्न अधिवेशनबाट मिठाराम केसीको अध्यक्षतामा नयाँ  जिल्ला कार्यसमिति समेत सर्वसम्मत रुपमा निर्वाचित भएको छ।  322625126_540853328077111_4879141146586384309_n1672452918.jpg

प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनबाट निर्वाचित भएका अन्य पदाधिकारीहरुमा रवि थापा मगर प्रथम उपाध्यक्ष, विदुर घिमिरे द्वित्तीय उपाध्यक्ष, शशि पुन महिला उपाध्यक्ष रहेका छन् भने सचिवमा सन्तोष दाहाल निर्वाचित भएका छन्।  यसैगरी सहसचिवमा दिपक बजगाईं कैलाश, कोषाध्यक्षमा कृष्ण दाहाल, सहकोषाध्यक्षमा नील बहादुर मगर निर्वाचित भएका छन् ।

 कार्यसमिति सदस्यहरुमा विश्वराम तिमल्सिना, प्रकाश सापकोटा,प्रकाश लामा, लक्ष्मण दुलाल,विवी अधिकारी,दिनेश खड्का, गोबिन्द घिमिरे, आरती खड्का, चम्पा कार्की,सुन्तली खड्का, विनोद कुँवर,सुमित्रा कोइराला, क्यामुना बस्नेत,गीता घिमिरे, विमल गुरुङ,रेवती प्रसाद दाहाल, हरि प्रसाद हुमागाईं,भोग प्रसाद दुलाल र प्रमिला पुन निर्वाचित भएका छन्।     322988978_2164680503920728_267731493843129348_n1672452957.jpg

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्का सहित केन्द्रिय सदस्य अमृता लुङ्गेली मगर, राजकुमार रायमाझी, बागमती प्रदेश समितिका अध्यक्ष बासु सिम्खडा, लगायत अन्य विभिन्न कलाकार तथा अतिथिहरुको सहभागिता रहेको थियो।  नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक समेत रहेका केन्द्रिय उपाध्यक्ष खड्काले पद तथा गोपनीयताको आसन ग्रहण गराएका छन् ।  

निर्वाचित  भएपश्चात आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष केसीले नयाँ कार्यसमितिले सक्रियताका साथ जिल्लाको कला संस्कृति र मौलिक लोक कलाकारहरुको विकास तथा प्रवर्धनमा अगाडी बढ्ने बताए । उनले  भने अगाडीका  वर्षहरुमा  कोभिड कारण धेरे कार्यक्रमहरु गर्न नसकेको बताउदैँ  अब ति  बाकी रहेका  काम गर्ने बताए  ।  322334764_1171393590430972_3730740953419099590_n1672453403.jpg

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सपनाको सपना
शनिबार, पुस १६, २०७९

भो, दसैंको कुरा नगर
शनिबार, पुस १६, २०७९