शनिबार थपिए १ जना कोरोना संक्रमित  

शनिबार, पुस २, २०७९

काठमाडौं । नेपालमा दैनिक कोभिड–१९ संक्रमितको संख्या घट्दो क्रममा छ । शुक्रबार संक्रमितको संख्या शून्य रहेकोमा शनिबार १ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर एकजनामा संक्रमित थपिएका छन् । ७२९ जनाको नमूना परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । १९५ जनानको पिसिआर विधि तथा ५३४ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । यो अवधिमा २ जना डिष्चार्ज भएका छन् । आज थपिएका १ जनासहित नेपालमा हाल १४ जना कोरोनाका सक्रिया संक्रमित छन् । शुक्रबार एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन ।    ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । 
“कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।  
यो अवधिमा एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको  संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सङ्क्रमण घटेपछि ल्याइएन खोप पनि 
कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । 
कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ ।  यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण देखिएको छैन । 
उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन ।  “अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं”, उनले भने, “तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।” 
उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए । “नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ”, उनले भने, “आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछाँै।” सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ । 
बुस्टर डोजका लागि ल्याइने 
सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिए । 
नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटक पटक गरी अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 
नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ । उहाँका अनुसार ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेका छन् । सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर ९बालबालिका०लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ । सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार