तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो   

सोमबार, कात्तिक २१, २०७९

काठमाडौँ    ।     चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।   भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ । गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याज आयात गरेको विभागले जनाएको छ ।   

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजार रुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरेको छ । गत आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयात गरेको थियो  ।    

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार