खसी बोकाको माग घट्दै

शनिबार, असोज १५, २०७९

सुदूरपश्चिम ।  कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ ।    धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका मानबहादुरले भने , “पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।” पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ । यो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ । उनले थपे , “पहिलेको भन्दा महँगी बढेको भएर पनि अपेक्षा गरेअनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ ।” उनीसहितको समूहले तीन दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिसकेका  छन्  ।   

अर्का किसान दानबहादुर बुढाले दसैँको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौँ र पोखरासम्म पु¥याउने गरिएको बताए   । उनले भने , “यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन ।” चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५÷४० वटा बाख्रा पाल्ने गरेका छन् । व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाए  ।  ‘‘स्थानीय क्षेत्रमा जीउँदो खसी मुस्किलले प्रति किलो रु पााच सय ५० मा खरिद बिक्री भइरहेको छ’’, बोहराले भने , ‘‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ ।”  

यहाँका खसी बोका पोखरा काठमाडौँ पु¥याएर बेच्दा प्रतिकिलो रु सात सय देखि आठसयसम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । उनीहरुले भने , ‘‘सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।’’घरघरमा खसी बोकाको मार हान्ने र देवीदेवताको नाममा बली दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा यसको कारोबार पनि घट्दै गएको व्यापारीको बुझाइ छ । दसैँमा देवीदेवताको नाममा घरघरमा खसी बोका, कुखुरा, हाँस परेवा जस्ता पशुपक्षीको बलीदिने चलन पहिलेको तुलनामा कमी आएको उनीहरु बताउछन्  । पछिल्ला वर्षमा कतिपय परिवारले राँगा र बोकाको विकल्पमा नरीवल, कुभिण्डो, फर्सी काँक्राको बली दिन थालिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका बडा दसैँको समयमा कतिपय शक्तिपीठमा राँगा, बोकाको बलि दिने चलन भने कायम नै छ ।   रासस    

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार