मुगुकाे माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन

आइतबार, असोज २, २०७९

मुगु ,  ।  मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे ।प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयाेगमा आउँछ भन्ने बारे जानकारी नभएकाे बताए ।  माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएकाे हाे ।  माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नाे खेतबारीकाे माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटाे परीक्षणपछि साेहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयाेगशाला नचल्दा अपुरै रहेकाे छ । 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार