मतदाता शिक्षामा सघाउन पालिका प्रमुखहरूलाई निर्वाचन कार्यालयको आग्रह  

मंगलबार, भदौ ७, २०७९

ललितपुर  ।  जिल्ला निर्वाचन  कार्यालय ललितपुरले मतदाता  नामावली अद्यावधिकसहितका विषयमा मंगलबार सरोकारवाला निकायसँग छलफल गरेको छ । आयोगले स्थानीय निकायका गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा महानगरका प्रमुख उपप्रमुख, जिल्ला  समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्ष  प्रमुख  तथा सञ्चारकर्मीसँग छलफल गरेको हो । 
छलफलमा जिल्ला निर्वाचन  कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाले  निर्वाचन  आयोगले दिएको कार्यतालिका  प्रस्तुत  गरिन् । 
उनले भनिन्, ‘२०७९ साल बैशाख ३० गते सम्पन्न  स्थानीय तह   निर्वाचनमा ललितपुरमा १ लाख १८ हजार ९ सय ३३ जना पुरुष मतदाता तथा १ लाख २४ हजार ९ सय ५० महिलासहित  अन्य १ जना मतदाता रहेका थिए ।’ 
उनले २०७९ असार ३० देखि साउन १९ सम्म मतदाता  नामवली संकलन गर्दा ३ हजार ६ सय ३९ पुरुष र ३ हजार ५ सय ८६ महिला मतदाता थप भएको जानकारी दिइन् । 
उनले विबाहीत महिलको  दोहोरो नामवली भएको जनगुनासो  आएकाले  दोहोरिएको नाम हटाउन स्थानीय तहलाई सहयोग गर्नु आह्वान गरिन् । उनले भनिन्, ‘आफूहरुलाई आयोगबाट जस्तो निर्देशन आउँछ त्यसै अनुसार काम गर्ने हो ।’

cdo 21661253408.jpg

जिल्ला प्रशासन कार्यलयका प्रमुख (प्रजिअ) घनश्याम उपाध्यले मंसिर ४ को प्रदेश र संघको  निर्वाचन स्वच्छ र निस्पक्ष रुपमा सम्पन्न  गर्न स्थानीय तहको पनि महत्वपूर्ण भुमिका रहने  बताउँदै  मतदाता  शिक्षासहित निर्वाचनमा धेरै मतदाताको सहभागिता बढाउन निर्वाचन प्रचार प्रसारका लागि पनि स्थानीय तहका  प्रमुखसँग सहयोगको अपेक्षा राखे । 
उनले निर्वाचन सम्पन्न  नभएसम्म  यस्ता अन्तरक्रिया  र छलफल भइरहने बताए । उनले सञ्चार जगत एवम् पत्रकारलाई निर्वाचनको दिन  समाचार संकलनको सहज वातावरण बनाउने विषयमा आयोगको निदेशन अनुसार  नेपाल पत्रकार महासंघसँग  छलफल गरी अघि बढ्ने बताए । 

wide 21661253412.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार