गोटिखेलमा चौरासी पूजा स्थलमा आगलागी, ५० लाख बढीको क्षति

सोमबार, वैशाख ५, २०७९

ललितपुर, ५ वैशाख । महाङ्काल गाउँपालिका ३ गोटिखेल स्थित जप्कामा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय टुङुनका वरिष्ठ प्रहरी हवल्दार प्रितम रानामगरका अनुसार स्थानीय भोगबहादुर घिमिरेको चौरासी पूजा स्थलमा ग्यास पड्किएर आगलागी भएको हो । आगलागीबाट साढे सात लाख नगद सहित २ तोला सुन,चाँदीका गरगहनासहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार