सुनाकोठी सडक ठप्प 

मंगलबार, चैत ८, २०७८

सुनाकोठी (ललितपुर) ८ चैत ।  कालोपत्रे गरेको ६ महिना नपुग्दै भत्किएको ललितपुरको चापागाउँ–सुनाकोठी सडक कालोपत्रे गर्नु पर्ने माग गर्दै मंगलबारदेखि सुनाकोठीका बासिन्दाले बाटो बन्द गरेका छन् । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्रे भएको सडक केही महिनामै पहिलेकै अवस्थामा पुगेको छ । खाल्डाखुल्डी सडकका कारण आसपासका घरहरु धुलाम्मे हुन थालेपछि स्थानीयले कालोपत्रे गर्नु पर्ने लगायतका माग राखेर बाटो बन्द  गराएका हुन् । यस अघि कुल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकोमा विस्तार गर्न नसकिएपछि करीब ६ मिटर चौडाइमा कालोपत्र भएको थियो । सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको भनाइ छ । 
टाखेल–सुनाकोठीसम्मको सडकको अवस्था दयनीय छ । सडकमा ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक छेउमै घर भएका स्थानीय विनोद खड्काले आफूहरु राति सुत्दा पनि मास्क लगाउनु पर्ने बाध्यता भोगेकाले बाध्य भएर सडक बन्द गर्नु परेको बताए । अर्का स्थानीय राजेश खड्काले पनि अत्यावश्यक बाहेकका सवारी साधानलाई बन्द गरी दबाब सिर्जना गरिएको बताए । माग  सुनावाइ नभए बुधबारदेखि वडा कार्यालयमा तालाबन्दी गरिने चेतावनी विनोदले दिएका छन् । 
 
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार