मुलुकका सबै पालिकामा प्राविधिक शिक्षा सुरु गर्ने सरकारको योजना : शिक्षामन्त्री पौडेल 

वाणी विलास माविको भवन हस्तान्तरण
आइतबार, फागुन २९, २०७८

ललितपुर, २९ फागुन ।  गोदावरी नगरपालिका वडा नं ११ प्याङगाउँस्थित वाणी विलास माध्यमिक विद्यालयको हातामा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरण तथा विद्यालयको ४० औँ  अभिभावक दिवसको अवसर पारेर भवन हस्तान्तरण गरिएको हो । 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रे पौडेलले केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा बनेको भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 
भवन हस्तान्तरण समारोहमा उनले शिक्षा मन्त्रालय सामुदायिक विद्यालयको भौतिक, शैक्षिक तथा प्रविधिमैत्री शिक्षाको विकास गर्न लागि परेको बताए । 
मन्त्री पौडेलले शिक्षकले देशमा सक्षम नागरिक निर्माण गर्ने भएकाले शिक्षण पेसा समाजको मर्यादीत पेशा भएकाले सरकारले विद्यालयमा कार्यरत कर्मचारी, अस्थायी शिक्षकहरुको समस्यालाई विस्तारै हल गर्दै जाने बताए । 
मन्त्री पौडेलले मुलुकका ७५३ वटै पलिकामा प्रविधिक शिक्षाको विकास गरी विद्यार्थीलाई पढ्दै कमाउन सक्ने बनाउने लक्ष्य मन्त्रालयले लिएको बताए । 
सामुदायिक विद्यालयको  भौतिक पूर्वाधारको विकासले मात्र शिक्षामा गुणस्तर नआउने प्रसंग जोड्दै उनले भने स्थानीय जनप्रतिनिधि, ब्यावस्थापन समिति, शिक्षक र विद्यार्थीहरु मिलेर काम गरेको खण्डमा मात्र सामुदायिक विद्यालयको सिकाइमा परिर्वतन आउँछ । 
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि गोदावरीमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएको दाबी गरे । 
नगर प्रमुख मर्हजनले गोदावरीमा चारवटा सामुदायिक कलेज रहेको बताउँदै समुदायिक कलेजको विकास तथा शिक्षाको गुणस्तर बृद्घि गर्न नगरपालिकाले अनुदानको ब्यवस्था गरेको स्मरण गरे । 
गोदावरीमा एउटा इन्जिनियरिङ कलेजको स्थापना गर्ने लक्ष्य नगरपालिकाले लिएको उनले बताए । उनले भने, राज्यको धेरै बजेट सामुदायिक विद्यालयमा भए पनि अभिभावकको आर्कषण निजी विद्यालयमा देखिनु चिन्ताको विषय  हो ।”
केन्द्रीय आयोजना कार्यान्वयनका इकाईका आयोजना निर्देशक रामशरण सापकोटाले २०७२ सालको भूकम्पपछि विद्यालयहरुमा  भौतिक पूर्वाधार थपिएका कारण आधुनिक शिक्षा प्रणालीको पनि विकास भएको उल्लेख गरे । 
शिक्षा विकास इकाइ समितिका प्रमुख गणेशकुमार ढकालले सामुदायिक विद्यालयको भवन निर्माणमा दातृ निकाय, केन्द्र, शिक्षा विकास इकाइ र नगरपालिकाको सहयोगमा निर्माण भइरहेको बताए । 
उनले भवनको संरक्षणमा चुनौति रहेकाले औंल्याउँदै विद्यालयका भौतिक संरचना संरक्षणमा समुदायले चासो देखाउनु पर्नेमा जोड दिए । 
कार्यक्रममा जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले  २०५४ सालमा आफूले यो विद्यालयमा भोलेन्टियरका रुपमा काम गरेको स्मरण गर्दै अहिले विद्यालयले शैक्षिक क्षेत्रमा पु्याएको योगदानको चर्चा गरे । 
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले स्थापनाको समयमा एउटा पाटी बाट सुरु भई अहिले सुविधा सम्पन्न भवनबाट अध्ययन र अध्यापन कार्य भइरहेको जनाए । 
विद्यालयका प्रधानाध्यापक प्रविण प्रकाश श्रेष्ठले विद्यालयमा ६ सय विद्यार्थी रहेको जानकारी दिँदै पछिल्लो समय प्रोजेक्टरको माध्यमबाट पठनपाठन हुने गरेको जानकारी दिए । उनले विद्यालयलाई मोर्डन स्कुल अफ कम्युनिटी बनाउने लक्ष्य लिएको बताए । कार्यक्रममा विद्यार्थीले सांगीतिक प्रस्तुत दिएका थिए । कार्यक्रममा विद्यालयमा योगदान पु्याउने पूर्वशिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार