इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

सोमबार, माघ २४, २०७८

बनेपा, २४ माघ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि  अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ ।  कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक हस्तान्तरण गरिएको एसएलसी समूह २०४५ का अध्यक्ष लक्ष्मी दाहालले बताए । 

प्रधानाध्यापक उमारुद्र बस्नेतले उक्त पोसाक विद्यालय सञ्चालन भएपछि वितरण गरिने बताए । उक्त समूहले पनौती नगरपालिका वडा नं ५ ठाडोबाटोस्थित रियल नेपालमा अध्ययनरत आठ न्यून दृष्टिविहीन विद्यार्थीलाईसमेत ट्रयाकसुट वितरण गरेको आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार