महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार

शनिबार, पुस २४, २०७८

महोत्तरी, २४ पुस : महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् ।

स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् ।

'चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनी राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिए,' समाजसेवी ढुङ्गेलले भने ।

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका १५ घर परिवारले कम्बल पाएपछि निक्कै खुसी व्यक्त गरेका छन् । सरकारले  महसुस गर्न नसकेको आफूहरूको समस्या एउटा व्यक्तिले बुझिदिँदा ठूलो राहत महसुस गरेका छौं,' उनीहरूले भने ।

लामो समयदेखि समाजसेवामा लागि परेका ढुङ्गेल यसभन्दा अगाडी पनि विपन्न समुदायको सारथि बन्दै आएका छन् । 

पाटुमा नै विगत एक दशकदेखि असहाय र गरिब बालबालिकालाई अतिरिक्त पढाइ गराउन नि:शुल्क अतिरिक्त कक्षाहरू ढुङ्गेलले सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार