महोत्तरीमा माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्न सकस

बिहीबार, पुस ८, २०७८

महोत्तरी, ७ पुस : नेकपा माओवादी केन्द्र महोत्तरीले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यलाई सुम्पेको छ ।

आकाङक्षीहरुबीच प्रतिनिधिको विषयमा विवाद भएपछि सम्मेलनमा प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई सुम्पेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

वडादेखि जिल्ला तहसम्म निर्वाचित हुँदै आएका केही  नेताहरुको नाम सिफारिस भएको भए पनि अन्तिम निर्णय लिने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई प्रदान गरेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

`प्रदेश सम्मेलनबाट नै केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुबीच छलफल भएपछि मात्र सम्बन्धित जिल्लाको प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको छ´  केन्द्रीय सदस्य समेत रहेका राजु खड्काले भने।

महोत्तरीबाट कृयाशिल सदस्यको आधारमा १३ जना प्रतिनिधि छान्न मिल्छ ।  केन्द्रीय सदस्य र प्रदेश कमिटीमा छलफलका लागि भने सबै आकाङ्क्षीहरुको नाम पठाइसकिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

छलफलवाट १२ जनाको नाम टुंग्याइसकिएको र एक जनाको नाम अझै बाँकी रहेको माओवादीका एक जना केन्द्रीय नेताले बताए । 

बिहीबार ११ बजेभित्र सम्पूर्ण प्रतिनिधिको नाम टुंग्याएर केन्द्रमा पठाइसक्ने तयारी प्रदेश कमिटीको छ ।

शर्मा र पुन निकटका नेता चुनावी मैदानमा, २९ जनाको उमेदवारी

नेकपा माओवादी केन्द्र प्रदेश- १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ ।  उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकाटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । 

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् । 

शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले अध्यक्षका लागि उमेदवारी दिएका छन्। 

तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्री रहेका छन् ।

 

सचिव पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुंगाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती रहेका छन् । 

१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र बन्दना झाँगड (अनिशा) रहेका छन् ।

माओवादी प्रदेश अधिवेशन गत मंसिर २५ गते मोरङको विराटचोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुंगो लागिसकेको छ । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरेर नेतृत्व टुगाउन लागिएको हो ।

अन्तिम समय सम्म कसरत गरेपनि सर्वसम्मत गर्न नसकिएपछि चुनावमा जानु परेको माओवादी प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए ।

सर्वसम्मत नेतृत्व चयनका लागि ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी कार्यदलमा रहेका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार