चिसाेले रित्तिँदै लेक, भरिँदै बेसी

शनिबार, मंसिर १८, २०७८

तेह्रथुम, १८ मंसिर : जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरीगोठ न्यानो स्थानकाे खोजीमा बेसी सार्न थालिएकाे छ। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने ताल्लाे भेगका खर्क र बेसीमा चहलपहल बढेकाे छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू बेसी झार्न थालिएको छ ।

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसाे बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए । उनी भन्छन्, ‘जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसीतिर झार्छाैं गर्मी सुरु भएपछि फेरी लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेसी झर्नु बाध्यता हो ।’ तेन्जिङ जस्तै यहाँका सबै चाैरी किसान बेसी झर्न थालेका छन् । यहाँका किसाना ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाइभैंसी पाल्दै आएका छन् ।

खासगरी तीन जिल्लाको संगमस्थल तीनजुरे मिल्के, जलजले क्षेत्रको गुफापोखरी, मिल्के, सुकेपोखरी, दोबाटे, गिद्धे पाँचपोखरीलगायत क्षेत्रका चौरी तथा गाईभैंसी तेह्रथुमको श्रीजुङ र संखुवासभाको नुनढाकी गाउँका बस्ती नजिकका खर्कमा झार्न गरेको स्थानीय सोनाम शेर्पाले बताइन । माथिल्लो क्षेत्रमा अत्याधिक चिसो हुन थालेपछि न्यानो स्थान खोज्दै तलतिर झार्ने गरेका छन् । यहाँका किसान चौरीखर्क बेसी झार्न जाडोयाम भरी पुग्ने बन्दोबस्तीका सामग्री तयार गरी खर्कतिर लाग्ने गरेका छन् ।

गर्मी सुरु भएपछि चौरी तथा याकहरू आफै लेकतिर लाग्ने चौरीपालक किसान पासाङ शेर्पाले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार