एक मतले हारेपछि पुन: मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालयमा निवेदन, मतगणना रोकियो 

बुधबार, मंसिर १५, २०७८

सुनसरी, १५ मंसिर : नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् । 

जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् । 

संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए । 

सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए । 

निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए । 

उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार