कांग्रेसले निर्वाचन अधिकृतमा शिक्षकहरू परिचालन गर्‍यो

शुक्रबार, कात्तिक २६, २०७८

कात्तिक २६, महोत्तरी : नेपाली कांग्रेस महोत्तरीले भोलि शनिबार हुने अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको छ ।
जिल्लाका १३८ वटा वडाहरूमा एक-एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

१३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले जानकारी दिए ।

विवाद रहेका २० प्रतिशत वडाहरूमा सर्वसम्मत प्रयास गर्ने यदि विवाद यथावत् रहेमा निर्वाचन गरेर भए पनि वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी छ ।

क्रियाशील सदस्यहरूको विवाद समाधान भएपछि नेपाली कांग्रेसले १३ वटा जिल्लाहरूमा नयाँ अधिवेशनको कार्यातालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार