गरिवलाई चाडपर्वमा पीडा नै पीडा

शुक्रबार, कात्तिक १९, २०७८

महोत्तरी : बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् ।

 तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैया कमाउने गौशाला निगौलका १६ बर्षिय  सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै । थवइलाइ एउटै चाहना रहन्छ कि  त्यही किनमेल गरेर फर्किएका बटुवाहरुले आफुले बनाएको जातो र सिलौटा किनिदिउन ।

ढुङगा कुदेर सिलौटा, जातो बनाउने सुरज मात्र हैनन उन्की ५० बर्षिय आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि  उस्तै चाहना छ । कहिलेकाही उनिहरुले बनाएको सुन्दर जातो र सिलौटा महिनौसम्म बिक्री हुदैन । जातो, सिलौटा बेचेर नै जिविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौ छाक खाना समेत नखाएको नमिठो सम्झना छ ।

बर्दिबासको पुर्व जाने पिपलको आडमा बसेर ढुङगा कुदै बिहान, बेलुका छाक टार्दै आएका उनिहरुको बस्ने कोठा पनि छैन । घुमन्ते, फिरन्ते जस्तै उनिहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन । कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरी ढुङगा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने  थवइ परिवारको बाध्यता छ ।

बिरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झण्डै १८ बर्ष व्यापार गर्‍यो । सरकार भुमिहिन, सुकुम्बासीहरुलाइ जग्गा तथा लालपुर्जा वितरण गरेर भुमिपती बनाउने भाषण लगाएर थाकेको छैन ।

तर यो  मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै । नेपालको नागरिक भएतापनी पहिचानबिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनिहरु अहिले सर्लाहीको बागमती किनारवाट  ढुङगा ल्याउछन अनि सुन्दर सिलौटा र जातो कुदेर बेच्ने पर्खाइमा बस्छन ।

हुन त थवइ परिवारको यो परम्परागत पेशा नै हो । सुरजका बुवा र हजुरबुवाले समाहाल्दै आएको सिलौटा र जातो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन । तर समाज यान्त्रिकरण हुदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन । जस्को फलस्वरूप थवइ परिवारलाइ जीवितकोपार्जन गर्न कष्टकर छ ।

सुरज कि ५० बर्षिय आमा राधादेवीले २० बर्ष अगाडि यहि जातो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ । 

उन्का छोरा सुरजको पनि अन्य कुनै सीप छैन । कमाउन बाहिर पठाउन पैसा छैन । १६ बर्षिय सुरजलाइ पनि यस्तै लाग्छ कि अब यो पेशावाट बाँच्न गार्‍हो छ । 

 २०५६ सालदेखी नै सरकारले भुमी आयोग बनाएर  भुमिहिन, सुकुम्बासीहरुको लागी जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्‍यो तर लालपुर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरिवले न जग्गा पाए न लालपुर्जा नै । यतिसम्म कि सरकारवाट उनिहरुले सहानुभूति समेत पाउन सकेनन ।

कोरोना माहामारीको पीडा  सवैभन्दा बढी यहि बर्गले भोग्नुपर्‍यो । माहामारी कै कारण कयौ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौ दिन भोकै बसे तर थवइ परिवार सधै ओझेलमा नै परे । 

कोरोना माहामारीमा कयौ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ  । हातमा  ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार