संसदीय समिति मेलम्चीको स्थलगत निरीक्षणमा जाने  

मंगलबार, पुस २४, २०८०

काठमाडौं । संसदको दिगो विकास तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले एक महिनाभित्र मेलम्चीको खानेपानी उपत्यकामा ल्याउने प्रतिबद्धता सार्वजनिक गरेपछि समितिले त्यसमा चासो देखाएको हो । यसका लागि समितिले आयोजनाको स्थलगत अध्ययनमा जान सदस्यहरुलाई तयार रहन भनेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्चीको पानी काठमाडौंमा एक महिनाभित्र ल्याउने विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै छिटै स्थलगत अनुगमन तथा निरीक्षणमा जाने निर्णय गरेको हो । 


निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले भने, ‘मेलम्चीको पानी २८ दिनभित्र काठमाडौंमा ल्याउने भनिएको छ । त्यसको प्रगति हेर्नुप¥यो । मेलम्चीले एक दिन पानी वितरण गर्दाखेरी आम नागरिकको जुन करोडौं रुपैयाँ खर्च भइरहेको छ, त्यो बचत हुँदो रहेछ । एक दिन पनि ढिलाइ गर्दा धेरै नोक्सानी छ भने यो कुरालाई हामीले सचेत गराएर जान सक्छौं । यसको स्थलगत अनुगमन गर्नका लागि हामी तयारीमा रहनुपर्छ ।’
साथै समितिले नागढुंगा सुुरुङमार्गको प्रगति विवरण बुझ्नुपर्नेमा जोड दिएको छ । यस्तै संसद भवन निर्माणको प्रगतिबारे पनि समितिले अनुकूलता हेरेर स्थलगत निरीक्षण  गर्नुपर्ने निर्णय गरेको छ । 
सोह्रौं पञ्‍चवर्षीय योजनाको सम्बन्धमा छलफल गर्न डाकिएको बैठकमा समिति सचिव पाण्डेले समितिले यो महिनाको अन्त्यसम्ममा राष्ट्रिय योजना आयोगलाई सुझावहरु पठाउने जानकारी गराएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार