भागबण्डामा चित्त बुझाउने एकीकृत समाजवादीको निर्णय 

आइतबार, पुस २२, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले गरेको भागबन्डाअनुसार सहभागी हुने भएको छ ।  आइतबार बसेको पार्टी सचिवालय बैठकले असन्तुष्टिसँगै गठबन्धनले गरेको भागबन्डाअनुसार चुनावमा सहभागी हुने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।  उनले भने,‘हाम्रा असन्तुष्टिहरु छन् । यी असन्तुष्टिहरुले कहाँ कहाँ कस्ता प्रभाव पार्छ थाहा छैन,  समयले देखाउँदै जाला । अहिलेलाई यो निर्वाचनमा अगाडि बढ्नुपर्छ भन्ने निर्णयमा पुगेका छौं । नाम आज एकपटक गठबन्धनको बीचमा फेरि छलफल भएर साँझसम्म आउँछ ।’ नामका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको उनले जानकारी दिए । सत्ता गठबन्धनको शनिबार बेलुकी बालुवाटारमा भएको बैठकले एकीकृत समाजवादीलाई दुई सीट दिने सहमति गरेको थियो । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।  

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार