प्रधानमन्त्री कप टी २० क्रिकेटको उपाधि एपीएफलाई

बुधबार, पुस १८, २०८०

काठमाडौं । प्रधानमन्त्री कप टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको कोशी प्रदेशले अन्तिमसम्म प्रतिस्पर्धा गरे पनि निर्धारित ओभरमा ४ विकेट गुमाएर १०३ रन मात्रै जोड्न सक्यो ।
कोशीकी कप्तान रुविना क्षेत्री १९ औं ओभरमा आउट हुँदा नै कोशी प्रदेश टाेली हार नजिक पुगेको थियो । रुविनाले ६२ रनको पारी खेलिन् । यस्तै, काजल श्रेष्ठे २२ रन बनाउँदा अप्सरी बेगम ८ रन बनाएर रन आउट भइन् । यस्तै, लकिता राजभण्डारीले २ रन जोडिन् । एपीएफका लागि सीता रानामगर र करुणा भण्डारीले एक एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । कोशी प्रदेशका लागि अन्तिम ओभरमा अप्सरी बेगेमले ह्याट्रिक विकेट लिइन् ।


एपीएफमाथि सुरुमा कोशी प्रदेश हावी भएको थियो । ३.३ ओभरमा १३ रन बनेका बेला एपीएफले पहिलो विकेट गुमाउन पुग्यो । एपीएफकी कप्तान सीता रानागमर व्यक्तिगत १ रन बनाएर आउट भइन् । उनले ८ बल फेस गरिन् । त्यसपछि ओपनर ज्योति पाण्डे र इन्दू वर्माले पारी सम्हाले पनि रन बनाउन भने निकै संघर्ष गरेका थिए । ९.१ ओभरमा टिमको स्कोर ४१ रन भएका बेला एपीएफले दोस्रो विकेट गुमाउन पुग्यो ।
एपीएफकी ज्योति पाण्डे ३० बलमा २७ रन बनाएर आउट भइन् । उनले ३ चौका प्रहार गरिन् । यस्तै, रोमा थापाले १५ बलमा १४ रनको पारि खेल्दा ममता चौधरीले ६ बलमा ३ रनको मात्र योगदान गरिन् । १९.१ ओभरमा आउट भएकी इन्दू वर्माले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर १०० प्लस कटाइन् ।  व्यक्तिगत ५३ बर बनाउँदा ४७ बल फेस गरिन् । उनको ब्याटबाट १ छक्का र ६ चौका निस्कियो ।
दोस्रो बलमा नेरी थापालाई आउट गरेकी अप्सरील तेस्रो बलमा सोनु खड्काले विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । सरिता मगरले ९ रन बनाउँदा करुणा भण्डारीले २ रन बनाए ।
कोशी प्रदेशका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिँदा खडियाले २ विकेट लिइन् । यसैगरी रुविना क्षत्री र निशा शाहले समान एक एक विकेट हात पारे ।


 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार