दक्षिण कोरियाको राजधानी सियोल महानगरमा सुरु भयो चालकविहीन रात्री बस

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोेल महानगरमा चालकबिनाको स्वचालित रात्री बसहरु सञ्चालन गरेको छ ।
स्वचालित बसहरूले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ । विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म रात्री बसले सेवा दिन थालेपछि मानिसहरु प्रशन्न भएका महानगरकाका अधिकारीहरूले बताएका छन् ।

Bus (1)1701748481.jpeg
ए २१नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका दुई, होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट सोमबारदेखि रात्री सेवा सुरु गर्न थालेका छन् ।
हुन्डाई मोटरले कमर्सियल भेहिकल मोडेल इलेक्ट्रीसिटीमा परिणत गरिएका बसहरू अन्य नियमित बसहरू जस्तै साइजका छन् ।
बसमा चढेपछि सबै यात्रुहरूले सिट बेल्ट लगाउनुपर्छ भने  यात्रुहरूलाई उभिएर यात्रा गर्ने अनुमति छैन ।
सेवाको पहिलो दिन सोमबार, दुई सुरक्षा गार्डहरू बसहरूमा सवार थिए, जसमाटेस्ट ड्राइभर पनि थिए । उनीहरु चालकको सिटमा बसेका थिए तर स्टेयरिङ्ग भने समातेनन् । तिनीहरू नियमित बसहरू भन्दा सुस्त गतिमा गुडे । 

Bus (2)1701748489.jpeg
सियोलले सेवाको स्थिरता पछि अर्को वर्षको पहिलो आधामा चार्ज सेवामा फर्कनु अघि केही समयको लागि निःशुल्क बसहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
न्यूज  एजेन्सी योनहापका अनुसार, शहरले बस मार्ग विस्तार गर्ने र शहरका केन्द्रहरूलाई उपनगरहरूमा जोड्ने अन्य नियमित लामो दुरीका रुटहरूमा सेल्फ–ड्राइभिङ बसहरू सञ्चालन गर्ने बारे पनि विचार गरिरहेकोशहरका अधिकारीहरूले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार