टिकटक बन्दविरुद्ध सर्वोच्चमा १० रिट दर्ता, प्रारम्भिक सुनुवाइ मंसिर ४ गते 

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं । सरकारको टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० रिट दर्ता भएका छन् । 
मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका हुन् । 
आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । 
सबै रिटहरूमाथि एकसाथ सुनुवाइ हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन् ।

हेर्नुहोस् अधिवक्ता दिनेश त्रिपाठीको रिट 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार