ललितपुर महानगरद्धारा आयोजित मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम सुरु (भिडियो)

आइतबार, असोज १४, २०८०

ललितपुर । ललितपुर महानगरले आयोजना गरेको मेलमिलापसम्बन्धी आधारभूत तालिम शनिवारदेखि सुरु भएको छ । आर्थिक वर्ष २०८०÷२०८१को यो तालिम पहिलो हो । गत आर्थिक आर्थिक वर्षमा पनि महानगरले चरणबद्ध रुपमा तालिम संचालन गरेको थियो । मेलमिलापकर्ता मार्फत विवादलाई वडा तहमा नै समाधान गर्न तालिम आयोजना गरिएको हो ।  तालिम प्राप्त जनशक्तिले वडाको विवाद वडा नै समाधान गर्छन् । महानगरले यसअघि पनि चरणबद्ध रुपमा मेलमिलापसम्बन्धी तालिम सम्पन्न गरिसकेको छ ।

viber_image_2023-10-01_05-42-18-3461696169134.jpg
महानगर उप प्रमुख तथा तथा न्यायिक समिति संयोजक मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा भएको तालिमकाको प्रमुख अतिथि उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायधीश महेश शर्मा पौडेल थिए । यसैगरी महिला न्यायधीश मञ्चका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व न्यायधीश शारदा श्रेष्ठ, सर्वोच्च अदालतका पूर्व न्यायधीश गौरी ढकालले अतिथिको रुपमा उपस्थित थिए । 
नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापसम्बन्धी तालिमले व्यक्तिगत जीवनमा समेत महत्वपूर्ण प्रभाव पार्ने बताइन् । यो तालिम जीवन रुपान्तरणको तालिम भएको उनको भनाई थियो । 

majali1696169098.jpg
तालिममा महानगरका कानून महाशाखा प्रमुख खगेन्द्र वस्तीले यो तालिमले व्यवहार परिवर्तन हुने बताए । यो तालिम प्रभावकारी भएको उनको भनाई थियो । 
तालिममा विवाद र द्धन्द्धको अवधारणा र विस्तार, विवाद समाधानका उपायहरु, विवाद समाधानमा मेलमिलाप पद्धतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्धतिको प्रयोग, मेलमिलापसम्बन्धी नेपालमा प्रचलित कानूनी व्यवस्था, वार्ताका आधारभूत नियमहरु र मेलमिलापका सन्दर्भमा यी नियमहरुको सान्दर्भिकता , मेलमिलापमा सचार र सहजिकरण सीपको प्रयोग, मेलमिलापमा सुनाई सीप र प्रश्न गर्ने कलाको प्रयोग लगायतको विषयमा प्रशिक्षार्थीलाई ज्ञान दिइएको थियो । महानगरले नेपाल महिला न्यायाधीश मञ्चसँग सहकार्य गरि तालिम संचालन गरेको हो ।

abasti1696169098.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार