ललितपुर महानगरको विकास तथा सुशासन समितिले सुरु गर्‍यो गुनासो–सुझाव संकलन अभियान (भिडियो)

आइतबार, असोज ७, २०८०

ललितपुर । ललितपुर महानगरपालिकाको विकास तथा सुशासन समितिले नगरपालिकाले दिने सेवाका बारेमा नगरवासीबाट गुनासो तथा सुझाव संकलनका लागि अभियान थालेको छ ।
“Complain and Suggestions Campaign” नाम दिएर महानगरको विकास तथा सुशासन समितिले ललितपुर महानगरअन्तर्गतका कार्यालयहरूमा सुझाव पेटिका राख्न सुरु गरेको हो ।
विकास तथा सुशासन समितिका संयोजक एवम् ललितपुर महानगरपालिका वडा नं २७ का वडासदस्य निरोज महर्जनले अभियान अन्तर्गत महानगर अन्तर्गतका महाशाखा र शाखाहरु,  सबै वडाकर्यालय, स्वास्थ चौकी र सामुदायिक विद्यालयमा सुझाब पेटिका राखिने जानकारी दिनुभयो ।
सुझाव पेटिकामार्फत कार्यालयको सेवा प्रवाहप्रति जनताको गुनासो तथा सुझाव लिइने छ । हालसम्म समितिले १० स्थानमा सुझाव पेटिका राखिसहेको छ । अभियान अन्तर्गत समितिले करिब १०० वटा सुझाव पेटिका विभिन्न कार्यालयहरूमा राखिने तयारी सुशासन समितिको रहेको संयोजक महर्जनले जानकारी दिनुभयो ।
हालसम्म महानगरपालिका भित्र मात्रै सुझाव पेटिका राखिएकोमा जनतासँगको  सम्बन्ध अलि टाढिएको जस्तो भएकाले हामीले सबै वडा, स्वास्थ्य चौकी, विद्यालय, शाखा महाशाखाहरूमा सुझाव–गुनासो राख्न पाउने व्यवस्थाका लागि यो अभियान सुरु गरिएको संयोजक निरोज महर्जनले जानकारी दिनुभयो ।  
महानगरवासीलाई सुझाव र गुनासा मज्जाले दिन आह्वान गर्दै संयोजक महर्जनले नामको गोपनियताको जिम्मा आफूहरूले लिने विश्वास दिलाउनु भयो ।
अभियानअन्तर्गत महानगर अन्तर्गतका कार्यालयहरूका लागि १०० वटा पेटिका बाँडिने छ ।
सबै कार्यालयमा राखि सकेपछि महिनाको एक दिन गएर के कस्तो सुझाव वा गुनासो आए त्यसको अध्ययन गरी त्यहाँ व्यक्त धारण अनुसार नै कार्यालय सञ्चालन गर्न प्रेरित गर्नेछौं उहाले भन्नुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार