योगले बाँच्ने कला सिकाउँछ : चिरीबाबु महर्जन (भिडियो) 

कार्यविनायक जीवन विज्ञान योग साधना जागरण केन्द्रले मनायो दोस्रो वार्षिकोत्सव
बिहीबार, असोज ४, २०८०

ललितपुर । कार्यविनायक जीवन विज्ञान योग साधना जागरण केन्द्रले दोस्रो वार्षिकोत्सव कार्यक्रम मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । नगरप्रमुख महर्जनले स्वस्थ जीवनका लागि योग अपरिहार्य रहेको बताउँदै आफूले पनि योग गर्ने गरेको जानकारी दिए । योगले बाँच्ने कला सिकाउने बताउँदै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले वडैपिच्छे योग सिकाउने तयारी गरेको बताए । 

Bungmati 61695301570.jpg
ललितपुर महानगर सामाजिक विकास समिति संयोजक एवम प्रवक्ता राजु महर्जनले मानिसको जीवन यन्त्रमा निर्भर भएको वर्तमान परिपे्रक्षतर्फ इंगित गदै योगले मानव जीवनको महत्व बुझ्न सिकाउने बताए । 
ललितपुर महानगरले नगरवासीलाई योग सिकाउन वडैपिच्छे वडा प्रशिक्षकको व्यवस्था गर्ने तयारी गरेको जानकारी दिँदै स्मार्ट नगरका लागि स्वस्थ नागरिक आवश्यक पर्ने उनको भनाई थियो ।  

viber_image_2023-09-21_16-17-50-7541695301573.jpg
वडा नंं.२२ का वडा अध्यक्ष सागर तुलाधारले योगले मानिसलाई सकारात्मक बनाउने बताए । 
भौतिक विकास मात्रै विकास नभएको बताउँदै योग र ध्यानले मानिसको क्षमतासमेत वृद्धि हुने धारणा राखे । कार्यक्रमा नियमित योग गर्नेहरुले अनुभव सुनाउँदै योगले आफूमा सकारात्मक भावना र शैलीको विकास गरेको बताएका थिए । कार्यक्रमा नेपाल भाषा र नेपाली भाषाको गीतमा नृत्य प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा वडा नं. २२का अन्य वडा सदस्य तथा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको उपस्थित रहेको थियो ।

viber_image_2023-09-21_16-17-51-0141695301576.jpg

Bung 21695301562.jpg

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार