उपत्यकाका १८ वटा पालिकाले स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन राख्न प्रक्रिया सुरु गर्ने 

काठमाडौं उपत्यका मेयर्स फोरमको बैठक टोखामा सम्पन्न 
सोमबार, असोज १, २०८०

ललितपुर । काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन् । काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो । उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती,हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेशन जडानका लागि सबै नगरपालिकाहरु तयार भएको बताए ।

viber_image_2023-09-18_08-26-59-6331695005065.jpgफोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए । ‘ धेरैजसो पालिकाहरुले बजेट छुट्याउनु भएको छ, नछुट्याउनु भएकाले पनि बजेट व्यवस्थापन गरेर काम गर्ने छलफल भएको  छ’ उनले भने । 
फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो । छलफलमा घिसिङले सडकबत्तिका एकमुष्ट टेण्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरुले सोहीअनुसारको तयारी गरेका छन् ।
‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने । घिसिङले सबै पालिकाहरुसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

viber_image_2023-09-18_08-27-12-8671695005069.jpg
बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनको विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकोले उपत्यकाको ठाउँ ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताएका थिए । ‘ विद्युतीय गाडीको माग अत्यधिक बढेको छ , चार्जिङ स्टेसनका लागि पालिकाहरुले संयुक्त लगानी गर्न गर्नुहोस्’ वैठकमा कुलमान घिसिङले भने ।

viber_image_2023-09-18_08-27-23-5921695005072.jpgयस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए । वातावरण संरक्षणका लागि केही पालिकाहरुले गरेका असल अभ्यासको उदाहरण दिदैं काठमाडौंको हावा स्वच्छ बनाउन पालिकाहरुले धेरै काम गर्न सक्ने उनले बताएका थिए  ।

viber_image_2023-09-18_08-26-48-4681695005064.jpg

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार