उपत्यका मेयर्स फोरमको सिइओमा इन्जिनियर रुद्र गौतम नियुक्त

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । उपत्यका मेयर्स फोरमको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर रुद्र गौतम नियुक्त भएका छन् । ललितपुर महानगरपालिकाका पूर्व प्राविधिक प्रमुख गौतमले उपत्यका भित्रका १८ वटा स्थानीय तहमा मेयर्स फोरमको नीतिगत निर्णय कार्यान्वयन भूमिका निर्वाह गर्नेछन् । 

मेयर्स फोरमको आज टोखा नगरपालिकामा बसेको बैठकले गौतमलाई सिइयो नियुक्त गर्ने निर्णय गरेको हो । 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन अध्यक्ष रहेको मेयर्स फोरममा काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका मेयर उपमेयर सदस्य छन् । 
फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि, सचिवमा टोखाका प्रकाश अधिकारी , कोषाध्यक्षमा तारकेश्वका कृष्णहरि महर्जन, सहसचिवमा मध्यपुरठिमीका सुरेन्द्र श्रेष्ठ छन् । फोरम सदस्यमा उपत्यकाका सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

उपत्यकाभरि स्मार्ट सडक बत्ती र चार्जिङ स्टेशन जडान हुने

काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन् । काठमाडौंको टोखा नगरपालिकाका आइतवार बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो ।
फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुतिकरण दिएका थिए । 

यस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार