नागपञ्चमी मेलाका लागि नागदह परिसरमा सरसफाई (भिडियोे)

बुधबार, साउन ३१, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नागदहमा लाग्ने नागपञ्चमी मेलाका लागि वडा कार्यालयको अगुवाईमा आज (बुधबार) सरसफाई कार्यक्रम भएको छ । नागपञ्चमीमा नागदहमा मेला लाग्ने गर्दछ । यस वर्ष भदौ ४ गते नागपञ्चमी परेको छ । ललितपुर महानगर वडा नं २४ का जनप्रतिनिधि, नेपाली सेनाको राजदल गणका सुरक्षाकर्मी, स्थानीय महिला समूहको सक्रियतामा नागदह परिसरमा सरफाइ गरिएको हो । सरसफाईका क्रममा नागदहबाट जलकुम्भी निकालिएको छ । मन्दिर वरपर रंगरोगन पनि गरिएको छ । नागको मूर्ति राखिएको मन्दिर पनि जिर्णाेद्धार गरिएको छ । नागदह प्रवेश स्थलमा रहेको गेटबाट मन्दिरसम्म बाटो ढलानको कार्य भइरहेको छ । 
वडा कार्यालयले नागपञ्चमी मेलाको तयारी तिब्र रुपमा गरिरहेको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार