काठमाडौं महानगरले पाशुपत क्षेत्रको भण्डारखालमा डोजर चलायो, ब्यापारीको विचल्ली  

शुक्रबार, साउन २६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिक्षेत्रको भण्डारखालमा डोजर चलाएको छ ।  महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरू भत्काएको हो । 
महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो । आज पनि २ घण्टा अगाडि नै सामानहरू हटाउन सूचना दिएपछि डोजर चलाएको हो । 

Clip0022.00_00_37_02.Still0061691759780.jpg
उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी डोजर चलाएर देशको विकास हुँदैन भन्दै महानगरपालिका प्रमुख बालेन शाहलाई चुनौती दिए । 
उनले यसरी डोजर चलाउनु गलत भएको भन्दै पशुपतिमा आउने पर्यटकको सेवा सुविधा खोसिने तर्क गरे । 

Clip0022.00_01_37_11.Still0071691759777.jpg
उनले भने, ‘म बालेन साहलाई चुनौती दिन चाहन्छु यसरी प्रगति हुँदैन भत्काउने भनेपछि भूत सवार हुन्छ उहाँमाथि जस्तो लाग्छ, मलाई कतिपय ठाउँमा राम्रो काम गर्नुभएको छ । मन्दिरमा आउँने मानिसलाई खाजा खुवाउँने ठाउँ चाहिँदैन् ? उहाँको नजरमा राम्रो होला तर सय प्रतिशत ठीक छैन यसरी देशको विकास हुँदै हुँदैन ।’
यस्तै अर्की सटर सञ्चालिका संगीता कालाकोटीले महानगरले एकदमै छोटो समयमा नै घर भत्काएर आफूहरूको बिचल्लीमा परेको गुनासो गरिन् । 

Maharjan1691759750.jpg
ठेकेदारहरूले गरेको गल्तीको भागेदार आफू हुनु परेकोमा चिन्ता व्यक्त गरिन् । 
उनले भनिन्, ‘ठेकदारले पैसा नबुझाएको र नक्सा पास नभएका्े रहेछ हामीले ठेकेदारलाई पैसा तिरेको हो ठेकेदारले दिएनछ । हामीलाई कम्तिमा ७ दिनको समय दिएको भए सामानहरू सार्न सजिलो हुन्थो अब यो झरीमा कहाँ जानु के गर्नु गाह«ो भयो, नराम्रो लागिरहेको छ सारैं ।’ 

Sangita Kalakoti 1691759842.jpg

Surya B karki 1691759751.jpg

 

Clip0022.00_02_22_04.Still0091691759807.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार