नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’, एक वर्षभित्र गाडी गुड्ने (भिडियो)

सोमबार, साउन २२, २०८०

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’  गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युतका, जापानी दातृ निकाय जाईकाका प्रमुखलगायतले संयुक्त रुपमा टनेलको ब्रेक थु्र गरेका हुन् । ब्रेक थ्रु अघि नेपाली र जापानी विधि अनुरुप पूजा पनि गरिएको थियो ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारप्रति विशेष आभार प्रकट गरे ।
उनले भने, ‘रेस्क्यु टनेल ब्रेक थ्रू हुनु ठूलो प्रगति हो, मुख्य टनेल पनि एक वर्षभित्रै ब्रेक थ्रु हुन्छ । एक वर्षभित्र टनेल भित्रबाट गाडी नै चल्छ ।’ 

Photos (4)1691419125.jpeg
कार्यक्रमका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पनि सुरुङ मार्गको निर्माण पछि यातायातमा थप सहज र कम खर्चिलो हुने बताए । 
जापानी राजदूत किकुता युतकाले नेपालका लागि यो सहयोगले आपसी सम्बन्ध अझ प्रगाढ बन्ने बताए । 
साढे दुई किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ सँगै मुख्य सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको पनि निर्माण पक्षले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार