सुनाकोठीको बालकुमारी चौरमा युवालाई फुटबल प्रशिक्षण

शुक्रबार, असार २९, २०८०

ललितपुर । विश्वमै सर्वाधिक हेर्ने खेलकुदमा पर्दछ फुटबल । फुटबलको क्रेज बालबालिका, युवासहित अधवैसे समूहसम्म उत्तिकै रहेको पाइन्छ । नेपालमा पनि स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मै पुगेर खेलाडीले फुटबल खेल्ने गरेका छन् । फुटबल खेलको क्रेज तथा भविष्यका कर्णधारलाई तन्दुरुस्त राख्न गाउँका सिंहदरबारले पनि आवश्यक बजेट विनियोजन गरी प्रशिक्षण तथा खेलकुद प्रतियोगिता नै सञ्चालन गर्ने गरेका छन् । यस्तैमा ललितपुर महानगरपालिका दुईवटा वडा २६ र २७ नं वडाले वडा नं २७ को बालकुमारी चौरमा युवालाई लक्षित गरी फुटबल प्रशिक्षण सुरु गरेको छ । 
ललितपुर महानगरपालिका वडा नं २६ र २७ को आर्थिक सहयोग तथा सुनाकोठी युथ क्लबको संयोजनमा गत असार १० गतेबाट फुटलब प्रशिक्षण सुरु भएको हो । फुटबल प्रशिक्षणका लागि विहान ५ः३० देखि ७ बजेसम्मको समय छुट्याइएको छ । 

KRISHNA 1689335984.jpg
ललितपुर महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनले युवालाई लक्षित गरी फुटबल प्रशिक्षण सुरु गरिएको जानकारी दिए । १५ जनाबाट सुरु गरिएको प्रशिक्षणमा अहिले करिब ६५ जना युवा सहभागी भएका छन् । 

IMG_21371689335544.JPG
ललितपुर महानगरपालिका वडा नं २६ र २७ वडाका स्थायी बासिन्दा युवालाई लक्षित गरी यो प्रशिक्षण दिइएको हो । तर पनि खेलप्रेमि भए बाहिरी जिल्लाबाट आएर यहाँ बसोबास गरिरहेकालाई पनि मौका दिइएको वडा सदस्य निरोज महर्जनले जानकारी दिए । 
यो प्रशिक्षण भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भइरहेको फुटबल प्रशिक्षक उमेश नेपालीले जानकारी दिए ।

MVI_2073.MP4.00_00_12_16.Still0011689335334.jpg
शारीरिक तन्दुरुस्ती, फुटबलका नियम तथा कौशल सिकाइने प्रशिक्षक उमेशले शब्दपाटीलाई जानकारी दिए । अहिले बिहान मात्रै भइरहेको फुटबल प्रशिक्षण साँझको समयमा पनि गर्ने योजना रहेको प्रशिक्षक उमेशले जानकारी दिए । प्रशिक्षणमा सहभागी हुनका लागि सुनाकोठी युथ क्लब उपलब्ध गराएको फर्म भर्नुपर्ने हुन्छ । जन्मदर्ता तथा अभिभावक र खेलाडीको विवरण समेटिएको फर्म भरेपछि प्रशिक्षणमा सहभागी हुने पाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य जीवनको परिकल्पना आत्मसाथ गर्दै आत्मीयता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखी खेलकुदको माध्यम बाट सुसंस्कृत समाज निर्माणका लागि युवाहरूको उक्त कार्यप्रति स्थानीय नागरिकहरू हर्षित बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार