एसिसी इमर्जिङ कपमा आज नेपाल पाकिस्तानसँग खेल्दै

शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा आज पाकिस्तान ए सँग खेल्दैछ । खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् । पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् । त्यसैले आज टोलीमा युवा खेलाडीले मौका पाउने देखिन्छ । दीपेन्द्र नहुँदा नेपालले पवन सरार्फलाई मौका दिनसक्छ । सन्दीप नहुँदा मौसम ढकाल वा सूर्य तामाङ मध्य एकले मौका पाउने छन् ।
आरिफको स्थानमा सन्दीप जोरा खेल्ने सम्भावना छ । करण केसीको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना छ । नेपाल विना दबाब खेल्नु पर्ने हुन्छ । पाकिस्तानको सिनियर टोलीका नियमित तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको बल खेल्न नेपाली ब्याटरलाई सहज हुनेछैन । यी दुई बाउन्स र गतीका लागि चिनिन्छन् ।
अघिल्लो साता सर्ट बलमा नेपाली ब्याटरले संघर्ष गरेका थिए । त्यो कमजोरी यस प्रतियोगितामा सुधार गर्नुपर्ने हुन्छ । पाकिस्तानी बलर सर्ट बलका लागि माहिर छन् ।
नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिनसक्छ । अर्जुन साउदलाई नेपालले तल्लोक्रममा खेलाउन सक्छ । यदि अर्जुनलाई ओपनरमा खेलाएमा आसिफ बेन्चमा बस्नेछन् । भीम सार्की, रोहित पौडेल र कुशल मल्लले तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् ।
कप्तान रोहित र कुशलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता तीव्र गतिका बलरमा सोमपाल कामी र किशोर महतो हुनेछन् । नेपालले तेस्रो तीव्र गतिका बलरमा गुलशन झालाई खेलाउने छ । गुलशन नेपालको फिनिसर ब्याटरको रुपमा खेल्नेछन् । स्पिन आक्रमण सन्दीप नहुँदा ललितले सम्हाल्ने छन् ।
नेपालसँग खेल्ने पाकिस्तान ए को टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन् । उपाधिको प्रमुख दाबेदार पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । कप्तान मोहम्मद हरिसले पाकिस्तानबाट पाँच ओडिआई र ९ टि २० आई खेलेका छन् । गतवर्ष टि २० विश्वकपमा पाकिस्तानलाई फाइनल सम्म पुर्याउन २२ वर्षीय हरिसले सानदार प्रदर्शन गरेका थिए ।
उनी आक्रामक ब्याटिङका लागि चर्चित युवा खेलाडी हुन् ।
तीव्र गतिका बलर शाहनवाज दाहानी पनि टोलीमा छन् । ६ फिट २ इन्च अग्ला कदका शाहनजाद दाहानीले पाकिस्तानबाट २ ओडिआई र ११ टि २० आई खेल खेलेका छन् । पाकिस्तानबाट एक टि २० आई खेल खेलेका तीव्र गतिका बलर अर्शद इकबाल, एक ओडिआई खेल खेलेका कमरन घुलाम, दुई टेस्ट, १४ ओडिआई र २७ टि २० आई खेल खेलेका मोहम्मद वासिम जुयिनर पनि टोलीमा छन् ।
जुयिनर पाकिस्तानका नियमित बलर हुन् । उनी बाउन्सर र गतीको लागि चिनिन्छन् । उनी इमजिङ एसिया कप खेल्ने टोलीमा पाकिस्तानको सिनियर टोलीबाट धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।
उनले पाकिस्तानबाट दुई टेस्ट विकेट, २४ ओडिआई र ३५ टि २० आई विकेट लिएका छन् । उनले तल्लोक्रममा त्यतिनै राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् । त्यस्तै तीन टि२० आई खेल खेलेका शहिबजादा फहरन, ८ टि २० आई खेल खेलेका सैम अयुब र तयाब ताहिर टोलीमा छन् । ताहिरले टि२० आई खेल खेलेका छन् ।
सैम अयुब पाकिस्तानको विष्फोटक ब्याटरको भविष्य मानिएको छ । उनी आक्रामक सुरुवात दिलाउने गर्दछन् । २१ वर्षीय उनले छोटो समयमै ठूलो प्रभाव जमाई सकेका छन् । पाकिस्तान उपाधिको प्रमुख दाबेदार टोली हो । विकेटकिपर हसिबउल्लाह र ओमर युसुफ पनि उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् ।
समूह ए मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र ओमान ए छन् । समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ । नेपाल बाहेक अन्य सबै एसोसिएट टोलीले दोस्रो रोजाईको टोली पठाएको छ । नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ ।

नेपालको टोली  :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

पाकिस्तानको टोली :
मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार