पत्रकार एवम् मानव अधिकारकर्मी दिपक घिमिरेको धापाखेलस्थित गाई गोठमा आगलागी

ठूलो क्षति भएको प्रारम्भिक आकलन
शुक्रबार, असार २९, २०८०

ललितपुर । पत्रकार एवम् मानव अधिकारकर्मी दिपक घिमिरेको धापाखेलस्थित समावेशी टोलमा रहेको गाईगोठमा बिहीबार राति आगलागी भएको छ । राति ९ बजे तिर भएको आगालागीका कारण गोठ पूर्ण रुपमा क्षति भएकाे ललितपुर महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिए । आगलागीमा परी ६ वटा गाई तथा एउटा बाच्छो मरेकाे छ ।

WhatsApp Image 2023-07-14 at 08.14.501689302410.jpeg
आगलागी के कारणले भएको हो त्यसबारे एकिन जानकारी आइसकेको छैन । क्षतिको मूल्याङ्कनका लागि प्रहरीले मुचुल्का उठाइरहेको छ ।  ललितपुर महानगर वडा कार्यालयले मरेका गाईको व्यवस्थापन तथा तत्काल राहतका लागि प्रारम्भिक चरणमा ५० हजार रुपैयाँ उपलब्ध गराएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले शब्दपाटीलाई जानकारी दिए । घिमिरे केही समयदेखि कृषि पेशामा पनि क्रियाशील छन् । दिगो दृष्टि साप्ताहिक सञ्चालन गरेका उनी इन्सेकसँग पनि आबद्ध छन् ।

WhatsApp Image 2023-07-14 at 08.14.381689302412.jpeg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार