कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?
शुक्रबार, असार २९, २०८०

काठमाडौँ । आज शुक्रबार कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी प्रभावका कारण केही दिन यता बिहान, दिउसो तथा साँझ पख हल्का वर्षा भइरहेको छ ।
हाल देशै भर मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुकासाथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षासमेत भएको छ ।
बिहीबार राति पनि कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित वर्षा भयो । काठमाडौं उपत्यकामा पनि वर्षा भयो । विहानी पख पनि हल्का वर्षा भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार