आयुर्वेद सेवाको प्रवर्धन गर्न ललितपुरका पत्रकारसँग अन्तरक्रिया

बिहीबार, असार २८, २०८०

ललितपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले बुधबार आयुर्वेद सेवाको प्रवर्धन गर्न ललितपुरका स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरको ०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गत पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरकी कार्यालय प्रमुख डा.सुष्टि श्रेष्ठ जानकारी दिइन् । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरकी आयुर्वेद चिकित्सक डा.लीला पौडेलले आयुर्वेद शिक्षा तथा आयुर्वेदका महत्वका बारेमा प्रस्तुति दिएकी थिइन् ।

ar1689237410.jpgजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सृष्टि श्रेष्ठले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले वर्ष भरी गरेका कार्यको विवरण प्रस्तुत गरिन्  । कार्यक्रममा ललितपुरका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला सभापति सागर न्यौपानेले आयुर्वेदको महत्वका बारेमा प्रकाश पारेका थिए । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले ओपीडी सेवा, पञ्चकर्म/पूर्वकर्म, योग सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तनपायी आमाहरूका लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्थ प्रवध्र्दन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार