राजकीय सम्मानमा साथ प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि

बुधबार, असार २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।सीताकाे आज बिहान निधन भएकाे हाे । प्रधानमन्त्री प्रचण्डसहित छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका थिए । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुले सीताप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार